|

काठमाडौँ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगले दिएका सुझावहरूलाई बजेटमा सम्बोधन गर्न कोशिस गरेको बताएका छन्।

मंगलवार काठमाडौँमा आयोजित आर्थिक रूपान्तरणको मार्गचित्रः उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगको प्रतिवेदन कार्यान्वयन सम्बन्धमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

आयोगले सुझाव दिएका र बजेटमा सम्बोधन गर्न सकिने विषयहरू सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए। उनले आयोगले दिएका सुझावमा कानून संशोधनसहितका विभिन्न विषयहरू रहेको उल्लेख गर्दै बजेटबाट सम्बोधन गर्न सकिने विषयहरूमा आफ्नो बढी ध्यान केन्द्रित भएको जिकिर गरे।

उनले बजेट प्रस्तुत गर्ने समय नजिक आइसकेको बताउँदै नेपाल उद्योग परिसंघसहितका सङ्घसंस्थाहरूले दिएका सुझावहरूलाई अध्ययन गरिरहेको बताएश्र उनले बजेट निर्माणको प्रेसर अवधिमा रहेको जिकिर गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.