|

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले गभर्नरको विषयलाई सरकारले राजनीतिकरण गरेको आरोप लगाएका छन्। 

संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजनीतिक दल वा राजनीतिज्ञले देश सञ्चालन गरिरहेको छ वा अरु कसैले भन्ने कुरा गभर्नर नियुक्तिसम्म आइपुग्दा प्रष्ट भएको बताए।

उनले नेपाल राष्ट्र बैंकको गभर्नर डेपुटि गभर्नरहरुबाट नै बनाउने प्रचलन भए पनि त्यसो नहुँदा मौद्रिक नीतिमा विज्ञ वा विज्ञता हासिल गरेका व्यक्तिलाई बनाउने विश्वव्यापी चलन भएको बताए।

उपमहासचिव पुनले अहिले कुनै स्वार्थ समूहले रुचाएको र उनीहरुको व्यापारिक स्वार्थ पूरा गर्ने खालको खोजिएकोले स्वार्थ समूहसँग डिएनए नमिलेसम्म गभर्नर नियुक्ति नहुने दावी गरे।

उनले मौद्रिक नीतिमा, आर्थिक नीतिमा वा वित्तीय नीतिमा विज्ञता हासिल गरेका व्यक्ति गभर्नर बन्दा आपूmहरुको आपत्ति नहुने स्पष्ट पारे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.