|

काठमाडौं : दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली भारतसँग ४–० ले पराजित भएको छ।

लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अंक जोडेको भारत समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ।   पहिलो हार बेहोरेको नेपाल  पनि  तीन अंकका साथ उपविजेता बन्दै अगाडि बढ्यो।

नेपाल र भारतले आफ्नो पहिलो खेलमा श्रीलंकालाई क्रमशः ५–० र ८–० ले पराजित गरेका थिए । मंगलबार अरुणाञ्चलस्थित गोल्डेन जुब्ली रंगशालामा भारतलाई जित दिलाउन रोहिन सिंहले दुई तथा ओमङ्ग डोडुम र ड्यानी मिथेइले समान एक गोल गरे।

खेलको २८औं मिनेटमा रोहिनको गोमार्फत भारतले अग्रता लिएको थियो। त्यसको एक मिनेट पनि बित्न नपाउँदै ओमङ्गले टोलीको अग्रता दोब्बर बनाए।

रोहिमले ७६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल तथा टोलीका लागि तेस्रो गोल गरे। ८४औं मिनेटमा ड्यानीले गोल गर्दै भारतलाई ४–० को सहज जित दिलाए।  

सेमिफाइनलमा भारतले समूह ‘ए’ को उपविजेता माल्दिभ्ससँग् शुक्रबार खेल्दा नेपालले फाइनल प्रवेशका लागि समूह ‘ए’ को विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

फाइनल खेल आगामी आइतबार हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.