|

मकवानपुर : हेटौँडाबाट काठमाडौं आवतजावत गर्ने मुख्य वैकल्पिक सडक कुलेखानी–कलंकी–हुमाने सडक खण्ड १९ दिनका लागि बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार सार्वजनिक सूचना जारी गर्दै जेठ २ गतेदेखि २० गतेसम्म सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कडेँलद्वारा हस्ताक्षरित सूचनामा सडक कालोपत्र गर्ने कार्यका लागि इन्द्रसरोवर गाउँपालिकाभित्र पर्ने उक्त सडकखण्डमा यातायात पूर्णरूपमा रोक लगाइएको जनाइएको छ।

कार्यलयका अनुसार पूर्वाधार विकास कार्यालय हेटौँडाको अनुरोधमा सडक कालोपत्रेको काम सम्पन्न नहुञ्जेलसम्मका लागि बाटो बन्द गर्न लागिएको हो।

प्रशासनले यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्गका रुपमा कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न अनुरोध गरेको छ।

हेर्नुहोस् विज्ञप्ति

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.