|

पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले महिलाहरूलाई अवैध रूपमा यौनजन्य क्रियाकलापमा संलग्न गराएको अभियोगमा तीनजनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार गत सोमबार साँझ पोखरा महानगरपालिका–८ सृजना चोकबाट उनीहरू पक्राउ परेका हुन्। सृजना चोकमा रहेको मनिका रेस्टुराँमा यौनजन्य क्रियाकलाप भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले होटेलमा अनुसन्धान गरेको थियो।

होटेलबाट पाँचजना महिलालाई उद्धार गरी सेफ हाउसमा पठाइएको छ। उक्त होटेलका सञ्चालक सहित तीनजनालाई कास्की जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

पक्राउ परेकाहरूमा मकवानपुरको बकैया गाउँपालिका–४ घर भई हाल पोखरा महानगरपालिका–८ सृजनाचोकमा मनिका रेस्टुराँ सञ्चालन गरी बस्ने ४० वर्षीय पदम लुङ्बा, पोखरा महानगरपालिका–५ मालेपाटन बस्ने ५१ वर्षीय तेजनारायण तिमिल्सिना र तनहुँको व्यास नगरपालिका–५ साँगे बस्ने २१ वर्षीय सलन गुरुङ रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.