|

काठमाडौं :  नेपाल राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौतालाई निरन्तरता नदिने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले आफूले नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौता अन्तर्गत निरन्तरता नदिने निर्णय गरेको बताएका छन्। उनले  आफ्नो निर्णय क्रिकेट वा मेरो राष्ट्रबाट एक कदम टाढा नभइ यो व्यक्तिगत र व्यावसायिक रूपमा विकास गर्ने दिशामा एक कदम रहेको उल्लेख गरेका छन्।

आफ्नो यात्रामा सहयोग गर्ने सबैलाई उनले आभार प्रकट गरेका छन्। ‘मेरो देशप्रतिको मेरो वफादारी, र खेलप्रतिको मेरो जोश, सधैं मैले गर्ने सबै कुराको मूलमा रहनेछ’, उनले लेखेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.