|

काठमाडौँ : स्वास्थ्य सेवा विभागले आवश्यक पारासिटामोल तथा जीवनजल खरिदका लागि प्रक्रिया अघि बढाउन औषधि लिमिटेडलाई पत्राचार गरेको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसँगको छलफलपछि विभागले पत्राचार गरेको हो।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको रोग नियन्त्रण कार्यक्रमका लागि महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले मन्त्रालयमा लिमिटेडसँगको छलफलमा मन्त्री पौडेलको प्रतिबद्धतापश्चात तत्काल प्रक्रिया अघि बढाएको बताए।
‘नियमानुसार खरिद सम्झौता प्रक्रिया अघि बढ्नेछ’, डा. रायमाझीले भने।

मंगलबार मन्त्री पौडेलको सक्रियतामा मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय र लिमिटेडका अधिकारीहरूबीच छलफल भएको थियो। मन्त्री पौडेलले आवश्यक औषधि मन्त्रालयले खरिदका लागि सकारात्मक भएको भन्दै प्रक्रिया अघि बढाउने बताएका थिए।

उनले स्वास्थ्य संस्थामा आवश्यक भनेर सरकारले तोकेका औषधि समेत तीनै तहमा पुग्ने गरी खरिदका लागि समेत सकारात्मक रहेको बताएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.