|

संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एकको मृत्यु भएको छ। बुधबार दिउँसो ४ बजे चट्याङ लागेर ३१ वर्षीया निर्मला तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका निमित्त प्रहरी प्रमुख अभिषेक श्रेष्ठले जानकारी दिए।

बुधबार बेलुकी घरमै बसिरहेको अवस्थामा अचानक चट्याङ लागेर तामाङको मृत्यु भएको हो। बुधबार दिउँसो हावाहुरीसँगै आएको चट्याङले लागेर गम्भीर घाइते भएकी तामाङको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख श्रेष्ठले बताए।

त्यसैगरी चट्याङ लागेर १५ वर्षीय प्रतीक तामाङ, ४२ वर्षीया कल्पना तामाङ र १९ वर्षीय रिजन तामाङ गम्भीर  घाइते भएको श्रेष्ठले बताए।

गम्भीर घाइते तीनैजनाको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल संखुवासभा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मृतकको शव प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। जिल्लामा चट्याङ लागेर एक वर्षको अवधि ५ जनाको मृत्यु भइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.