|

काठमाडौँ : काठमाडौँ महानगरपालिका १६ बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरभित्रको पार्किङ स्थलबाट माइक्रोबस चोरी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। 

बागमती प्रदेश ०१–००२ ज ६७६६ नम्बरको इलेक्ट्रिक माइक्रो बस स्याङ्जाको बिरुवा गाउँपालिका १ घर भइ बनस्थली बस्ने १९ वर्षका सुदीप थापालाई चोरी गरी चलाएर धादिङ पुर्‍याएपछि धादिङ प्रहरीसँगको समन्वयमा गाडीसहित समातिएको हो। 

उनलाई चोरीसम्बन्धी कसूरमा काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले थाहाखबरलाई जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.