काठमाडौँ : दोस्रो संस्करणको उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबलको उपाधिका लागि आयोजक गोदावरी नगरपालिका र साविक विजेता काठमाडौँ महानगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ।
फाइनल खेल शुक्रवार दिउँसो साढे ३ बजे गोदावरी–१० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा हुनेछ।
फाइनल खेलअघिको औपचारिक कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले संबोधन गर्ने कार्यक्रम छ।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको गोदावरी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको काठमाडौँबीचको खेललाई गजेन्द्र र बालेन्द्रको प्रतिस्पर्धाका रुपमा लिइएको छ।
आयोजक गोदावरी, दक्षिणकाली नगरपालिकालाई पेनाल्टि सुटआउटमा ४–३ गोलले हराउँदै तथा काठमाडौँ कीर्तिपुर नगरपालिकालाई ३–० ले हराउँदै फाइनलमा पुगेका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।