काठमाडौैं : बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि जितेको छ।
गएराति सम्पन्न खेलमा स्पेनियललाई २–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले यस सिजनको लिगको उपाधि जितेको हो।
बार्सिलोनाको जितमा लामिन यमाल र फेर्मिन लोपेजले एक एक गोल गरेका थिए।
यस खेलमा लीन्द्रो काब्रेराले खेलको ८०औं मिनेटमा रातो कार्ड पाएपछि इस्पेनियल १० खेलाडीमा सीमित भएको थियो।
यो जितपछि बार्सिलोनाको ३६ खेलमा ८५ अंक भएको छ र लिगका दुई खेल बाँकी रहदै उपाधि जितेको छ।
बार्सिलोना दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा ७ अंकले अगाडी रहेको छ।
योसँगै बार्सिलोनाले यस सिजनमा ला लिगासहित कोपा डेल रे र सुपर कप गरि तीन उपाधि जितेको छ।
त्यस्तै बार्सिलोनाको क्लबको इतिहासमा यो २८औं ला लिगा उपाधि हो। ला लिगा सबै भन्दा बढी पटक जित्ने रेकर्ड भने रियल म्याड्रिडको नाममा रहेको छ। रियल म्याड्रिडले ३६ पटक ला लिगाको उपाधि जितेको छ।
रियल म्याड्रिड र बार्सिलोनापछि एटलेटिको म्याड्रिडले ११ पटक ला लिगा जितेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।