|

काठमाडौं : प्रहरी प्रधान कार्यालयले काठमाडौं-हेटौँडा चल्ने सडकमध्ये कुलेखानी-कलङ्की-हुमाने सडक शुक्रबारदेखि मर्मतका लागि १९ दिन बन्द हुने भएको छ। 

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले स्थानीय प्रशासन कार्यालयबीचको समन्वयमा सडक बन्द हुन लागेको जानकारी दिए।

मकवानपुर, इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी-कलङ्की-हुमाने सडकखण्ड कालोपत्र गर्ने प्रयोजनका लागि जेठ २ देखि २० गतेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द हुने सार्वजनिक सूचनामा उल्लेख छ। 

प्रहरी प्रधान कार्यालयले बिहीबार जारी गरेको सार्वजनिक सूचनामा हेटौँडा-काठमाडौं वा काठमाडौं-हेटौँडा यात्रा गर्नुपर्ने सवारीसाधनले अन्य वैैकल्पिक सडक (कान्तिलोकपथ वा कुलेखानी-सिस्नेरी-फर्पिङ) सडक प्रयोग गरी आवागमन गर्न/गराउन आग्रह भनेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.