काठमाडौं : विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) माथिको छलफलमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल उपस्थित नभएपछि प्रतिनिधि सभाको शुक्रवारको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले अर्थमन्त्री पौडेल प्रि–बजेट छलफलमा उपस्थित नभएको भन्दै आपत्ति जनfएपछि सभामुख देवराज घिमिरेले सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको जानकारी दिए।
प्रतिनिधिसभा नियमावली २०७९ को ६ को ५ मा बैठकमा मन्त्रीको अनिवार्य उपस्थिति हुनुपर्ने उल्लेख छ। प्रतिनिधि सभाको बैठकमा आज सिद्धान्त र प्राथमिकता माथिको छलफल सकेर अर्थमन्त्री पौडेलले जवाफ दिने कार्यसूचि रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।