|

बैतडी : पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बैतडीको पाटन नगरपालिकाले स्वागत तथा अभिनन्दन गरेको छ। 
‘जनातासंग माओवादीः मध्यपहाडी लोकमार्ग(पुष्पलाल मार्ग)जनजागरण अभियान’ शुभारम्भ गर्न यहाँ पुगेका पूर्वप्रधानमन्त्री प्रचण्डलगायतलाई स्वागत तथा अभिनन्दन गरिएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले जानकारी दिए।  

आजै दिउँसो यहाँको पाटनमा विशेष कार्यक्रमको आयोजना गर्दै अध्यक्ष प्रचण्डले उक्त जनजागरण अभियानको शुभारम्भ हुनेछ।  यो अभियानको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले गर्नेछन्। अभियानमा भाग लिन पार्टीका अध्यक्ष ‘प्रचण्ड’ सहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, नन्दकिशोर पुन पासाङ, महासचिव देव गुरुङ, सुदूरपश्चिम प्रदेशका इन्चार्ज गिरिराजमणि पोखरेललगायत नेताहरू यहाँ आएका हुन्।

यसअघि हुलाकी राजमार्ग केन्द्रित तराईमूलक अभियान सम्पन्न गरेको माओवादी केन्द्रले अब मध्यपहाडी लोकमार्गमार्फत भूगोलसँगै जनसम्पर्क विस्तार गर्ने जनाएको छ।  अभियानले विभिन्न जिल्लामा कार्यकर्ता भेला, जनसभा र विकासको आवश्यकतासम्बन्धी छलफल गर्नेछ। यसले संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र आगामी राजनीतिक एजेन्डा प्रस्तुत गर्ने अवसरका रूपमा लिएको छ। 

आज बैतडीको पाटनबाट सुरु भएको अभियान जेठ १० गते कास्की पोखरामा समापन हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.