काठमाडौं : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमालहरूको हेरचाहबाट नै मानवताको भविष्य निर्भर हुने बताएका छन्।
शुक्रवारबाट काठमाडौंमा शुरु भएको सगरमाथा संवाद कार्यक्रममा बोल्दै वनमन्त्री ठकुरीले कठिन चुनौतीका बाबजुद पनि नेपाल आफ्नो जलवायु नेतृत्वमा दृढ रहेको उल्लेख गरेका हुन्।
उनले हिममण्डल पृथ्वीको पूर्व चेतावनी प्रणाली भएको उल्लेख गर्दै हिमालमा जति हिउँ पग्लिन्छ त्यसले नै सम्पूर्ण मानवताको भविष्य निर्धारण गर्ने बताए। हिमनदीहरूको संरक्षण गर्ने तथा विश्वव्यापी तापक्रमलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने कार्य छनौटको विषय नभइ अनिवार्यताको विषय भएको बताए।
जलवायु परिवर्तन केवल प्राविधिक चुनौती मात्र नभइ गहन नैतिक परीक्षा भएको बताए। ढिलासुस्तीले विपत्तिलाई मात्र निम्तो दिने भन्दै वनमन्त्री ठकुरीले संरक्षण गर्न चाहेका भव्य हिमालहरू जस्तै संकल्पका साथ यस निर्णायक घडीमा उभिने समय भएको बतए।
मन्त्री ठकुरीले हिमालहरूको रक्षा गरेर पृथ्वीको प्राकृतिक धरोहरहरूको मात्र नभइ सोको आत्मा र भावी पुस्ताहरूको आशाको पनि रक्षा गर्न सकिने बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।