|

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अनेकताभित्र एकता खोज्नु नै संसदीय व्यवस्थाको सौन्दर्य भएको बताएका छन्।

शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।  उनले सांसदहरुबीच मतभिन्नता, विविधताहरू आफ्ना ठाउँमा रहे पनि विविधता भित्र एकता खोज्नु संसदीय व्यवस्थाको सौन्दर्य भएको बताए।

उनले संसदीय व्यवस्थाको सौन्दर्यले अनेकतालाई चौडा पारेर असहमतिको बाटोतिर मुलुकलाई नलैजाने जिकिर गरे। मन्त्री पन्तले संसद्मा चर्काचर्की बहस गर्ने र संसद बाहिर सँगै बसेर चिया खाने गरेको बताउँदै संसदको भित्रको चर्काचर्कीलाई कतिपयले नाटकको रूपमा लिने गरेको बताए।

उनले संसद्मा देखिने नाटक नै हो भन्दै संसारभरका कवि तथा लेखकहरूले व्यङ्ग्य गर्ने गरेको बताउँदै यो नै संसदीय प्रणाली तथा प्रक्रियाको विशेषता र सौन्दर्य रहेको जिकिर गरे।  उनले आफूहरू संसदीय विशेषता र सौन्दर्यताको गहिराइमा जानुपर्नेमा समेत जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.