|

काठमाडौं : खानेपानी मन्त्रालय अन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागले खानेपानी गुणस्तर कार्यक्रमको नाममा एकै वर्षमा २० करोड भन्दा बढी खर्च गरेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को ६२औँ वार्षिक प्रतिवेदनमा उक्त कार्यक्रमको नाममा २०८१ मा २० करोड ९१ लाख खर्च गरेको देखाए पनि  गुणस्तर मापन गरी आयोजनागत अभिलेख राखेको नदेखिएको उल्लेख छ।

खानेपानीको गुणस्तर निर्धारणको लागि सरकारले खानेपानी गुणस्तर मापदण्ड, २०७९ तर्जुमा गरेको छ। गत वर्ष विभाग अन्तर्गत खानेपानी गुणस्तर कार्यक्रममा ४६ करोड ३१ लाख विनियोजन भएकोमा मातहतका कार्यालय समेतले पानीको गुणस्तर परीक्षण र प्रशोधन, क्लोरिनेसन युनिट जडान, वाटर टेस्ट कीट खरिद लगायतका कार्यमा २० करोड ९१ लाख खर्च गरेका छन्।

‘तर,सर्वसाधारणलाई वितरण हुने खानेपानीको गुणस्तर उक्त मापदण्डअनुसार भएको सुनिश्चितताको लागि खानेपानी वितरण गर्ने आयोजनाहरूले गुणस्तर मापन गरी आयोजनागत अभिलेख राखेको देखिएन, खानेपानीको नियमित परीक्षण गरी अभिलेख राख्नुका साथै मापदण्डअनुसार गुणस्तर सुनिश्चित गरी खानेपानी वितरण गर्नुपर्दछ,’प्रतिवेदनमा उल्लेख छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.