|

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले साँठगाँठे पूँजीवाद (क्रोनी क्यापिटालिजम)ले मुलुकको अर्थतन्त्र ध्वस्त बनाएको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उपसभापति गुरुङले यस्तो टिप्पणी गरेका हुन्। व्यवसायमा प्रतिस्पर्धा, दक्षता र नवप्रवर्तनभन्दा बढी राजनीतिक पहुँचलाई महत्व दिने प्रवृत्तिको कारण मुलुकको अर्थतन्त्र ध्वस्त भएको उनको भनाइ छ।

मुलुकमा बढ्दो आर्थिक चुनौतीका बीच अगामी आर्थिक वर्षको सिद्धान्त र प्राथमिकता स्वागतयोग्य रहेको बताए। बजेट विनियोजन गर्दा पुँजी निर्माणलाई राष्ट्रको उत्पादनशील क्षेत्रमा केन्द्रित गर्नुपर्नेमा उनको जोड छ। सार्वजनिक शिक्षालाई जीवनोपयोगी बनाउने योजना सकारात्मक भएपनि शिक्षा क्षेत्रमा आमूल परिवर्तनको माग रहेको भन्दै उपसभापति गुरुङले कार्यान्वयनमा जोड दिनुपर्ने बताए। 

‘पुँजी निर्माण सिद्धान्तको केन्द्रमा र राष्ट्रको लगानी उत्पादनशील क्षेत्रमा’भन्ने नाराका साथ बजेट विनियोजन गरिनुपर्ने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.