रौतहट : रौतहटको कटहरिया नगरपालिका अन्तर्गत एक नवविवाहिता महिलाको रहस्यमय मृत्युपछि उनका श्रीमानविरुद्ध प्रहरीमा आत्महत्या दुरुत्साहनको उजुरी दर्ता भएको छ।
कटहरिया–५ स्थित घरको कोठामा २१ वर्षीया सानिया प्रविनको शव गत आइतवार दिउँसो सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेको थियो।
ससुराली पक्षले आत्महत्या भने पनि माइती पक्षले यसलाई योजनाबद्ध हत्या भन्दै आएका छन्।
मृतकका पिता महमद मोलाजीम रौशनले दाबी गरेअनुसार, दाइजोको निरन्तर माग, कुटपिट र मानसिक यातनाका कारण छोरीको ज्यान गएको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।