|

काठमाडौँ : स्थानीय तहहरूले ऐनविपरीत झन्डै डेढ अर्ब आर्थिक सहायता तथा अनुदान दिएका पाइएको छ। आर्थिक वर्ष २०८०।८१ मा ५७६ स्थानीय तहले ऐनविपरीत आर्थिक सहायता तथा अनुदान वितरण गरेका हुन्। 

महालेखाको प्रतिवेदन अनुसार यी स्थानीय तहले व्यक्ति तथा संस्थालाई एक अर्ब ११ करोड ९१ लाख ९७ हजार आर्थिक सहायता वितरण गरेका छन्। जसमध्ये ३१७ स्थानीय तहले त सहायता वितरणसम्बन्धी कार्यविधिसमेत तयारी नगरी ५९ करोड ९४ लाख ४५ हजार आर्थिक सहायता वितरण गरेका छन्। 

यसैगरी नाफामूलक संस्थालाई समेत अन्य १३५ स्थानीय तहले १५ करोड बढी ऐनविपरीत अनुदान दिएका छन्। नाफा कमाउने उद्देश्यले स्थापित संस्थालाई अनुदान उपलब्ध गराउन नमिल्ने भए पनि ती स्थानीय तहले त्यस्ता संस्थालाई १५ करोड १८ लाख ७४ हजार अनुदान दिएका हुन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.