|

काठमाडौँ : किराँत राईहरूले काठमाडौँको टुँडिखेलमा साकेला नाचेर उभौली मनाएका छन्। यही साता बुद्ध पूर्णिमाको दिन परेको उभौलीको साकेला नाच आज नाचिएको हो।

किराँतहरूका देवी र देवता सुम्निमा (पार्वती) र पारुहाङ (शिव)को उत्पत्तिसँगै यो चाड मानिँदै आएको विश्वास छ। बाली लगाउने समयमा प्रशस्त वर्षा होस्, दैवी प्रकोप नपरोस्, आफ्नो समुदायमा रोगव्याधि नलागोस्, सुखशान्ति छाओस् भनेर उभौली मनाइन्छ।

यसैगरी साकेला आफ्ना पितृप्रति श्रद्धाञ्जलि व्यक्त गर्न एवं उनीहरूको सामाजिक क्षेत्रको कार्य, योगदानप्रतिको सम्मान र सम्झनाका लागि नाचिन्छ।

साकेलामा ढोल, झ्याम्टा बजाएर सृष्टिका गीत गाउने चलन छ।

यसैगरी कोदोको चोखो जाँड, नयाँ अदुवा, धान र कुखुराको रातो भाले काटेर प्रकृतिलाई भोग दिने चलन रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.