|

काठमाडौं :  क्रिस्टल प्यालेसले पहिलो पटक एफए कपको उपाधि जितेको छ।

गएराति म्यानचेस्टर सिटीलाई १–० ले हराउँदै प्यालेसले उपाधि जितेको हो। 

एबेरेचे एजेले पहिलो हाफमा गरेको गोल प्यालेसलाई च्याम्पियन बन्न पर्याप्त रह्यो। एजेले १६ औं मिनेटमा गोल गरेका थिए।

सिटीका लागि भने यस सिजन बिर्सनलायक बनेको छ । पिमियर लिगको उपाधि रक्षा गर्न नसकेको सिटी च्याम्पियन्स लिग र लिग कपमा पनि सफल हुन सकेको थिएन। 

सिटी यो सिजन ट्रफीविहिन भयो। प्यालेसले भने पहिलो पटक ठूलो उपाधि जितेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.