|

काठमाडौं : कोशी प्रदेश सभाको बर्खे  (सातौँ अधिवेशन) आजबाट सुरु हुँदैछ।

सातौँ अधिवेशनको पहिलो बैठक दिउँसो २ बजेबाट विराटनगरस्थित सभा हलमा सुरु हुने प्रदेश सभाका कार्यवाहक प्रदेश सभा सचिव गौतम राज अमात्यले बताए।

उनका अनुसार बैठकमा कोशी प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयबाट प्राप्त पत्रबारे सदनमा जानकारी गराइनेछ। 

त्यसै गरी, बैठकमा सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलले आ(आफ्नो धारणा राख्ने उनको भनाइ छ।

प्रदेश सभा सचिवालयका अनुसार बैठकमा सरकारले ल्याएको प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८२ सभामा टेबुल हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.