|

काठमाडौं :  इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज दुई खेल हुदैछन्।

आज पहिलो खेल राजस्थान रोयल्स र पञ्जाव किंग्सबीच हुदैछ भने दोस्रो खेल दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच हुदैँछ।

नेपाली समय अनुसार अपराहन्न पौने ४ बजे जयपुरमा शुरु हुने खेलमा राजस्थान रोयल्स र पञ्जाव किंग्स खेल्दैछन्।

जारी आइपिएलमा राजस्थान रोयल्स प्लेअफको दौडबाट बाहिरिएको छ भने पञ्जाव किंग्स प्लेअफको दौडमा रहेको छ। राजस्थान रोयल्सको १२ खेलमा केवल ६ अंक रहेको छ र अंक तालिकामा नवौं स्थानमा रहेको छ। त्यसैगरी पञ्जाव किंग्सको ११ खेलमा १५ अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ।

यस सिजनमा यसअघि अप्रिल ५ मा भएको दुवैबीचको खेलमा राजस्थान रोयल्स ५० रनले विजयी भएको थियो।

त्यस्तै आज दोस्रो खेल दिल्ली क्यापिटल्स र गुजरातबीच दिल्लीमा नेपाली समय अनुसार राति पौने ८  बजेदेखि खेल शुरु हुनेछ। 

११ खेलमा १३ अंक हासिल गर्दै दिल्ली प्लेअफको दौडमा कायम रहेको छ। त्यस्तै गुजरात भने ११ खेलमा १६ अंक हासिल गर्दै अंक तालिकाको शिर्ष स्थानमा रहेको छ। आजको जित दुवैका लागि प्लेअफको दौडमा महत्वपूर्ण हुने छ।

यस सिजनमा यसअघि दुवैबीच अप्रिल १९ मा भएको खेलमा गुजरातले ७ विकेटको जित हासिल गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.