विराटनगर : नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङबोले एजेण्डामा यो सरकार असफल भएको बताएका छन्।
प्रदेशसभामा जारी बर्खे अधिवेशमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले दलका नेताहरू यो सरकार टिक्छ भन्दै हिँड्न परेको समेत बताए। पूर्व अर्थमन्त्री समेत रहेका आङबोले प्रधानमन्त्रीले नैं अर्को दललाई विश्वास दिलाउँदै हिँड्नु परेको बताए।
'यही हो राजनीतिक स्थिरता ? ठूलो दल मिल्दा राजनीतिक स्थिरता हुन्छ भन्दा सकारात्मक देखिएन’‚ उनले प्रश्न गर्दै भने‚ ‘गिर्दो अर्थतन्त्रलाई सुदृढ गर्ने भन्नुभएको थियो, राजस्व खै वृद्धि भएको?’
२ खर्बभन्दा बढी सञ्चित कोष घाटामा रहेको बताउँदै उनेले पुँजीगत खर्च सार्वजनिक ऋणको पचास प्रतिशत मात्रै खर्च भएको बताए।
निजी बैंकको कर्जा प्रवाह यो ठाउँमा ऋण लिएर व्यापार व्यवसाय गर्न भन्दा पनि नपाएको उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।