|

काठमाडौं : साबिक विजेता बंगलादेशलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै घरेलु टोली भारतले साफ यु(१९ च्याम्पियनसिपको उपाधि जितेको छ।

गएराति भारतको अरुणाञ्चलको गोल्डेन जुब्ली रंगशालामा सम्पन्न फाइनलको निर्धारित समयमा दुवै टोलीबाट १–१ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको हो।

खेलको दोस्रो मिनेटमै भारतले सिंगमयुम शामीको गोलमार्फत अग्रता लिएको थियो। ६१औं मिनेटमा जोय अहमदले बंगलादेशका लागि बराबरी गोल फर्काए। 

सेमिफाइनलमा भारतले माल्दिभ्सलाई ३–० तथा बंगलादेशले नेपाललाई २–१ ले पराजित गरेका थिए।

भारतले चौथौ पटक उमेर समूहको उपाधि जितेको हो। यो प्रतियोगिता साफ यु–१८, १९ र २० च्याम्पियनसिपको नाममा हुँदै आएको छ।

भारतले यसअघि सन् २०१९ मा यु–१८, २०२२ मा यु–२० र २०२३ मा यु–१९ च्याम्पियनसिपको उपाधि जितेको थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.