काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एवं प्रथम महिला राधिका शाक्यले शक्तिको दुरुपयोग गरेर कुनै पनि काम नगरेको बताएकी छिन्।
सोमवार काठमाडौँमा शाक्यद्वारा लिखित पुस्तक ‘करुणा’को समीक्षा कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।
उनले ओलीसँग विवाह गरेको करिब ३८ वर्ष पुगेको भन्दै अहिलेसम्म पनि गृहमन्त्री, परराष्ट्रमन्त्री, ४ पटकसम्म प्रधानमन्त्री हुँदासमेत शक्तिको दुरुपयोग गरेर कसैलाई कुनै काम नदिलाएको उल्लेख गरिन्।
उनले पदको दुरुपयोग गरेर कसैलाई कुनै पदमा राखेको फेला पारेर ल्याउन चुनौती दिइन्।
कार्यकर्ता व्यवस्थापनबारे आफू जानकार नरहेको र आफू कुनै पनि राजनीतिक कार्यमा हस्तक्षेप नगर्ने बताइन्।
आफूले राजनीति नगरे पनि राजनीति बुझ्ने उनले बताइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।