|

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनल्ड र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ। 

ट्रम्पले युद्ध अन्त्यका लागि रूस र युक्रेनले तत्काल युद्धविराम वार्ता थाल्ने बताएका छन्।  पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको छुट्टा–छुट्टै टेलिफोन वार्तापछि ट्रम्पले युद्धरत दुई मुलुकबीच तत्काल वार्ता सुरू हुने बताए। 

ट्रम्पले दुई मुलुकले नै वार्ताको सर्त तय गर्ने बताएका छन्।  पुटिनसँग ट्रम्पले झण्डै दुई घण्टा फोन वार्ता गरेका हुनन। उनले कुराकानी सकारात्मक भएको दाबी गरेपनि पुटिनले भने अमेरिका र युरोपेली देशहरूको ३० दिने बिना सर्त युद्धविरामको मागलाई सम्बोधन नगरेको बीबीसीले जनाएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्रम्पलाई यो एक निर्णायक क्षण भएको भन्दै अमेरिकालाई शान्ति वार्ताबाट टाढा नहुन आग्रह गरे। आफूहरू पूर्ण र बिना सर्त युद्धविराम चाहेको जेलेन्स्कीको भनाइ थियो। 

युद्धविरामका लागि रूस तयार नभए उमाथि थप कडा प्रतिबन्ध लगाउनुपर्ने जेलेन्स्कीको माग थियो।

जेलेन्स्कीले शान्ति वार्तामा अमेरिका र युरोपका प्रतिनिधिसमेत सहभागी हुनपर्ने बताए। अमेरिका वार्ताको प्रक्रियामा नरहे रूसलाई मात्र फाइदा पुग्ने जेलेन्स्कीको भनाइ छ। 

यसअघि ट्रम्पले शान्ति वार्तामा कुनै प्रगति नभएको भन्दै यो विषयबाट अमेरिका टाढा हुनसक्ने चेतावनी दिएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.