|

काठमाडौँ : सांसद ज्ञानबहादुर शाहीले हुम्लामा गएको लेदोसहितको पहिरोका कारण पीडित जनतालाई तत्काल उद्धार गर्न आग्रह गरेका छन्। उनले मन्त्री र नेता अनावश्यक हेलिकप्टरमा अरू वेला हिँड्न सक्ने तर जनताको दुःखमा चाहिँ हेलिकप्टर किन प्रयोग हुँदैन भन्दै प्रश्न गरेका छन्।

शाहीले भने‚ ‘पहिरो गएको आज पाँच दिन नाघिसक्दा पनि राहतको कुनै टुङ्गो छैन। मन्त्री र नेता अनावश्यक हेलिकप्टरमा अरू वेला हिँड्न सक्ने तर जनताको दुःखमा चाहिँ हेलिकप्टर किन प्रयोग हुँदैन ? कर्णालीको जनतालाई अत्याचार गर्न बन्द गरियोस्।’ 

सांसद सूर्यकुमारी श्रेष्ठले पनि हुम्लामा गएको पहिरो पीडितलाई समयमा नै राहतको व्यवस्था गर्नका लागि आग्रह गरिन्।

उनीहरूले म्लास्थित नाम्खा गाउँपालिका–६ तिलगाउँमा एक्कासी आएको लेदोसहितको पहिरोका कारण प्रभावितलाई तत्काल राहत र उद्धारका पहल गर्न सरकारलाई आग्रह गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा राहत तथा पुनरुद्धार गर्न उनले ध्यानाकर्षण गराएका हुन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.