|

काठमाडौं : लामो समयदेखि गिजोलिएको राष्ट्र बैँकको गभर्नर नियुक्ति प्रक्रियाले आज निकास पाउने देखिएको छ।

गभर्नर सिफारिस समितिको बैठक झण्डै दुई महिनापछि आजका लागि बोलाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको छलफलपछि समितिको बैठक बोलाइएको हो। गत चैत १० गते अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित समितिको बैठक अहिलेसम्म एकपटक पनि बसेको छैन।

समितिको बैठक आज अपरान्ह ४ बजेका लागि बोलाइएको अर्थ मन्त्रालय स्रोतले जानकारी दियो। त्यसपछि आजै अपरान्ह ५ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको छ।

यसअघि सोमबारै बस्नुपर्ने मन्त्रिपरिषद्को नियमित बैठक गभर्नरमा सहमति जुट्न नसक्दा स्थगित भएको थियो। कांग्रेसले गभर्नरमा डा.विश्व पौडेललाई अघि सारेको छ। तर उनीविरुद्ध सर्वोच्चमा परेको रिटमाथि मंगलबार सुनुवाई हुँदैछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.