|

काठमाडौँ : निजी क्षेत्रले खोलानाला, नदीबाट गिटी, रोडा ढुंगा उत्खनन गरी विदेश निर्यात गर्न दिनुपर्ने माग गरेको छ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ जस्ता संस्थाले आगामी बजेटमा नदीबाट गिटी, रोडा ढुंगा उत्खनन गरी विदेश निर्यात गर्न पाउनुपर्ने कार्यक्रम ल्याउन माग गरेका छन्।

उद्योग वाणिज्य महासंघले नदीमा गिटी, रोडा ढुंगाका कारण खेतीमा समेत प्रभाव परिरहेको र भारत बंगलादेशमा अबको केही वर्षमै माग कम हुने देखिएकाले तत्काल उपयोग र निर्यात खुला गर्न पाउनुपर्ने माग गरेको छ। निजी क्षेत्रले यसमा अर्थमन्त्रीलाई बलियो साथ दिने घोषणा गरेको छ।

नेपाल उद्योग परिसंघले पनि करोडौँ पर्ने खेर गइरहेका प्राकृतिक स्रोत उपयोग गर्न नपाएको बताएको छ।

यसअघि अर्थमन्त्री भएकै वेला विष्णु पौडेलले बजेटमा त्यसबारे कार्यक्रम राखेका थिए तर प्राकृतिक स्रोत साधनको चर्को दोहन हुने भन्दै चर्को विरोध भएपछि सरकारले कार्यान्वयनमा लैजान सकेको थिएन।

यसमा राज्यले गम्भीरता नदेखाएको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो। अदालतले ढुंगा, गिट्टी, बालुवा उत्खनन गरी विक्री व्यवस्थापनका लागि कानून बनाएर कार्यान्वयन गर्न भनेको थियो।

स्वदेशी काठले नै आन्तरिक माग परिपूर्ति गरी निकासी समेत गर्नसक्ने सम्भावना भएकाले वर्षेनि अरबौंको काठ र काष्ठजन्य उत्पादन आयात गर्ने अवस्था अन्त्य गरी स्वदेशी काठको उपयोगलाई सहज बनाउन वन सम्बन्धी ऐन कानून र प्रक्रिया सरलीकरण गर्न महासंघले भनेको छ।

महासंघका अनुसार वनजन्य उद्योगबारे ऐनमा व्यवस्था भए पनि व्यवहारिक कठिनाइ भएको हुँदा यस्ता उद्योग स्थापनाका लागि सहजीकरण गरिनुपर्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.