|

काठमाडौं : प्रतिनिधिसभाको बैठक कोरम नपुगेर स्थगित भएको छ।

भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सभामुखले निर्णयार्थ पेश गर्न खोज्दा गणपूरक संख्या नपुगेको हो।

संविधानको धारा ९४ अनुसार कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न एक चौथाइ अर्थात ६९ जना सांसद  हुनुपर्ने व्यवस्था छ।

सामान्य छलफल सकिएपछि सभामुखले निर्णयार्थ पेश गर्न खोज्दा नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गरेका थिए। त्यसपछि ३ मिनेट घण्टी बजाएर गणना गर्दा ६५ जना मात्र सांसद उपस्थित भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.