काठमाडौँ : विद्युतीय अपराधमा पक्राउ पुर्जी जारी भएपछि फरार कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी आज आफैँ प्रहरीकोमा उपस्थिति भएका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख, प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीले फरार सूचीमा रहेका अध्यक्ष चौधरी आज इलाका प्रहरी कार्यालय बुटवलमा आफैँ उपस्थित भएका थाहाखबरलाई जानकारी दिए।
उनीमाथि बलात्कृत युवती तथा उनको परिवारको गोपनीयता भंग गरेको आरोप छ। अध्यक्ष चौधरीलाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले जेठ १ गते इलाका प्रहरी कार्यालय बुटवललाई अनुमति दिएको थियो।
चौधरी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।