हेटौंडा : बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आगामी आर्थिक वर्ष २०८२।८३ को बजेट आय र उत्पादनमा आधारित विनियोजन गरिने बताएका छन्।
मंगलवार आगामी आर्थिक वर्ष २०८२।८३ का लागि विनियोजन विधेयक सिद्धान्त र प्राथमिकता सम्बन्धमा सभामा बाल्दै उनले अनुदान र राजस्व बाँडफाँडमा आधारित बजेट विनियोजन गरिने बताएका हुन्।
अर्थमन्त्री काफ्लेले संविधान प्रदत्त अधिकार संघीय सरकार र प्रदेश सरकारको आवधिक योजना र दिगो विकासका लक्ष्य प्राप्तिलाई महत्वपूर्ण आधारको रूपमा लिई आगामी आर्थिक वर्ष विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तय गरेको दाबी गरे।
उनले बागमती प्रदेशमा स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, खानेपानी तथा सिँचाइँ, खेलकुद, पर्यटन र यातायातका क्षेत्रमा उपलब्धिमूलक कार्य भएको दाबी गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।