|
फाइल तस्वीर

पर्सा : सशस्त्र प्रहरी बल पर्साद्वारा ८१ हजार ४९० थान ‘ट्याब्लेट’ ‘ट्रामाडोल हाइडोक्लोराइड’ लागुऔषध बरामद गरेको छ। 

आज वीरगञ्ज महानगर–२ स्थित भगुवा नाका नजिकै भारतबाट अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा परिमाणको लागुऔषध बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले जानकारी दिए।

भारतबाट अवैध रूपमा लागुऔषध लिएर आउँदै गरेका दुई व्यक्ति सशस्त्र प्रहरी देख्ने वित्तिकै लागुऔषध छाडेर भारततर्फ भागेका उनले जानकारी दिए।

बरामद भएको लागुऔषध आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.