काठमाडौँ : काठमाडौँको पिङ्लास्थानमा आज एउटा बस अनियन्त्रित भई दुर्घटना हुँदा ८ वटा सवारीसाधानमा क्षति भएको छ।
उक्त दुर्घटनामा ३ जना घाइते भएका छन्। काठमाडौँ महानगरपालिका ८ पिङ्लास्थान नजिक सडकखण्डमा गौशालाबाट तिलगंगातर्फ गइरहेको बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको सार्वजनिक बस आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा ती गाडीहरूमा क्षति भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उक्त दुर्घटनामा बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस, बा ५ ख ७३१ नम्बरको हायस, बा प्र–०१–०२६ च ८५७६ नम्बरको कार, बि एसी ९७७३ नम्बरको कार, बा १६ च ४४५२ नम्बरको कार, प्र–२–०१–००३ प १००५ नम्बरको मोटरसाइकल, बा ५१ प २२ नम्बरको मोटरसाइकल र बा प्र–०२–०४६ प ४८१९ नम्बरको स्कुटरमा क्षति भएको हो।
उक्त दुर्घटनामा धादिङका राजकुमार श्रेष्ठ, नुवाकोटका विकाश कट्टेल, र खोटाङका शैलेन्द्र राई घाइते भएका छन्। अनियन्त्रित भएर पल्टिएको बसका चालक फरार रहेका प्रहरीले जनाएको छ। घटना आज विहान १०ः५५ बजे भएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।