|

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृतबाट गृह मन्त्रालयमा सरुवा गरिएका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। 

केहीबेर अघि उनलाई पक्राउ गरिएको आयोग स्रोतले जानकारी दिएको छ। उनलाई मंगलवार बेलुका मात्रै आकस्मिकरूपमा गृह मन्त्रालयमा सरुवा गरिएको थियो। 

भिजिट भिसामा सेटिङ मिलाएर भ्रष्टाचार गरेको सूचना पाएपछि उनी केही सातादेखि अख्तियारको निगरानीमा थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.