|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसामाथि पनि आक्रामकरूपमा प्रस्तुत भएका छन्। केही समयअघि ट्रम्पले वार्ताकै क्रममा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीविरुद्ध यस्तो व्यवहार गरेका हुन्। 

दक्षिण अफ्रिकासँग सम्बन्ध सुधारका लागि भन्दै ह्वाइट हाउसमा भएको छलफल विवादमा परिणत भएको थियो। ट्रम्पले दक्षिण अफ्रिकामा रंगभेद भइरहेको आरोप रामाफोसामाथि लगाए। उनँले सेता कृषकको हत्या र दमन भइरहेको भन्दै त्यसलाई सेतो जातिको नरसंहारको संज्ञा दिए। त्यसका लागि उहाँले बैठकस्थलमै दक्षिणी अफ्रिकी संसद सहित विभिन्न प्रदर्शनको भिडियो, विभिन्न समाचारहरुको कटिङलगायत देखाएका थिए, तर ती दृश्य सन् २०२० को एक प्रदर्शनका थिए । 

रामाफोसाले ती कुरा सरकारको नीति नभएको र दक्षिण अफ्रिकामा बहुदलीय प्रजातन्त्र रहेको स्पष्ट पारे। व्यापार, सहयोग र संवादमा केन्द्रित हुने आशा गरिएको बैठक ट्रम्पको आरोपले तनावपूर्ण बनेको थियो । रामाफोसाले आफ्नो देश जातीय मेलमिलापमा प्रतिबद्ध रहेको भन्दै शान्त र संयमित प्रतिक्रिया दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.