|

विराटनगर : नीति तथा कार्यक्रमको छलफलमा मुख्यमन्त्री अनुपस्थित रहेको भन्दै नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री  राजेन्द्रकुमार राईले टिप्पणी गरेका छन्।​ बिहीवार कोशी प्रदेश सभाको विशेष समयमा बोल्दै  राईले यस्तो टिप्पणी गरेका हुन्।

उनले वर्तमान सरकारको नीति तथा कार्यक्रम कमजोर भएको आरोप लगाए। ‘यो नीति कार्यक्रममा बोल्न सजिलो छैन। प्रशंसा गर्ने ठाउँ छैन’‚ उनले भने, ‘आलोचना गर्दा सरकारले स्विकार्ने  वा सहने क्षमता  छैन। तैपनि आफ्नो धारणा राख्न जरुरी ठानेँ।’

उनले सरकारको मेहनत अभावले नीति कार्यक्रम प्रभावहीन बनेको बताए। ‘मेहनत भएको भए मुख्यमन्त्रीले रामै नीति कार्यक्रम ल्याउनुहुन्थ्यो’‚ उनले भने, ‘उहाँको क्षमतामाथि विश्वास छ तर मेहनत भएन।’

उनले कार्यान्वयन नहुने र केवल देखावटी नीति कार्यक्रम ल्याउने प्रवृत्तिको आलोचना गरे।​ कार्यान्वयन नगर्ने नीति कार्यक्रम लामो बनाएको भए हुने भन्दै उनले भने, ‘ तीनपटक नीति कार्यक्रम ल्याइएको छ, मैले पढेको छु। कार्यान्वयन नहुने कुरा पानापानामा प्रमाणसहित भेटिन्छ।’

राईले कामकाजको सन्दर्भमा भाषा आयोगले सिफारिस गरेको भाषालाई कानुनी व्यवस्था गरेर कार्यान्वयनमा ल्याउने कुरा लेखिएको बताउँदै उनले यो प्रयास समेत नभएको विषयमा आफ्नो दलसहित मिसिएर गैरसरकारी विधेयकको रूपमा दर्ता गर्नुपर्ने अवस्था आएको स्पष्ट पारे। यो आफू मुख्यमन्त्री हुँदा नै त्यसको खाका तयार भएको  बताउँदै उनले  भने, ‘पास गर्न कुनै समस्या थिएन तर कार्यान्वयनमा सरकार चुकेको छ।’

उनले कोशी प्रदेश सरकारले (लाइसेन्स)  स्मार्ट कार्डमार्फत वितरण गर्नेजस्ता कार्यक्रम कागजमै सीमित रहेको बताए। ‘वर्षौंदेखि स्मार्ट लाइसेन्स छापेर वितरण गर्ने भनिए पनि अझै पनि पुरानै प्रणालीमा अड्किएको छ’‚ उनले भने।

राईले भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने भनिए पनि व्यवहारमा सरकार असफल भएको दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.