|

विराटनगर : कोशी प्रदेशसभाका सांसद इसरायल मनसुरीले प्रदेशसभा बैठकको शून्य समयमा उठाइने विषयको प्रभावकारिताप्रति प्रश्न उठाउँदै ती समयको सदुपयोगबारे पुनः विचार गर्नुपर्ने बताएका छन्।

बिहीवार प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सांसद मनसुरीले शून्य समयमा उठाइएका विषयको कुनै अर्थ नहुने भए समय खेर नफाल्न आग्रह गरे।

उनले भने, ‘जनताको समस्या समाधान हुने होइन, केवल जनतालाई सुनाउने मात्रै काम हुन्छ, जनता खुसी हुन्छ, फेरि प्रश्न उठाउँछ।’

उनले हालैको बेमौसमी वर्षा, हुरी र बतासले पुगेको ठूलो क्षतिको प्रसंग उठाउँदै प्रदेश सरकारको निष्क्रियताप्रति गुनासो पोखे।

उनले कृषि क्षेत्र गम्भीर संकटमा हुँदा समेत कृषिमन्त्री, सिडिओ कार्यालयमा दुःख पोख्नुपर्ने अवस्था रहेको बताए।

विपद् व्यवस्थापनको निर्णय प्रक्रियामा कृषि क्षेत्रलाई ‘साइड’ लगाइने गरेको गुनासो गर्दै उनले भने, ‘शून्य समयमा उठाइएका सवाल समाधान हुँदैन भने विषय उठाउनुको कुनै अर्थ रहँदैन।’

उनले शून्य समयमा उठाइएको विषय गम्भीरतासाथ लिन आग्रह गरेका छन्। यस्तै नेपाली काँग्रेसका सांसद हिमाल कार्कीले शून्य समयमा बोलको विषय वस्तुको नतिजा शून्य आउने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.