|

विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सोलुखुम्बु जिल्ला कारागारको अत्यन्तै दयनीय अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गरेका छन्।

उनले उक्त कारागारमा २५ जनाको क्षमता हुँदाहुँदै ९९ जना कैदीबन्दी राखिनुपर्ने बाध्यता रहेको बताए। सिटौलाका अनुसार यस्तो अवस्थाले कारागारको दैनिक व्यवस्थापन अस्तव्यस्त बनाएको छ।

उनले कैदीबन्दीको स्वास्थ्योपचार र खानपानको अभाव पनि उजागर गर्दै भने, ‘हैजा लागेका विरामीलाई आकस्मिक उपचारका लागि कारागार शाखाले २५ जनाको मात्र उपचार खर्च उपलब्ध गराएको थियो तर बाँकी खर्च नभएपछि उपचार खर्च तिर्न नसकी त्यहाँको जेलर भागीभागी हिँड्नुपर्ने अवस्था आएको छ।’

सिटौलाले प्रश्न उठाउँदै भने, ‘बन्दी बनाएपछि खाना दिनुपर्छ कि पर्दैन? कैदीबन्दीको सेवा, सुविधा र मानवअधिकारप्रति सरकारले किन यति लापरबाही गरेको?’

उनले देशभरका कारागारमा यस्तै अवस्था रहेको दाबी गर्दै गृह मन्त्रालय र केन्द्र सरकारको ध्यान तत्कालै उक्त विषयमा आकर्षित गर्न आग्रह गरे।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.