लहान : स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा पहिलो दल बनेको नेकपा एमालेले तेस्रो चरणको निर्वाचनका लागि सिरहाका १७ मध्ये १६ स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ। एमाले सिरहाका सचिव योगेन्द्र सिंहका अनुसार जिल्ला र प्रदेश कमिटीले जिल्लाका ७ नगरपालिका र ९ गाउँपालिकामा उम्मेदवारको अन्तिम टुंगो लगाएको हो।
जिल्ला र प्रदेश कमिटीले निर्णय गरेको भए पनि धनगढीमाई नगरपालिकामा विवाद देखिएको छ। जिल्ला र प्रदेश कमिटीले प्रमुख पदका लागि जिल्ला उपाध्यक्षसमेत रहेका उत्तरबहादुर जर्घाको नाम तय गरेको भए पनि गुटको भागभण्डा मिलाउँदा शिवशंकर महतोलाई अघि सारिएपछि विवाद भएको हो।
‘धनगढीमाई नगरपालिकाको प्रमुखमा अन्ततः जर्घाले नै टिकट पाउनेछन्,’ नाम उल्लेख नगर्ने शर्तमा एमालेका एक जिल्ला सचिवालय सदस्यले भने। विवाद भएपछि एमालेले गोलबजारको उपप्रमुख तथा धनगढीमाईको प्रमुख उपप्रमुखबारे निर्णय लिन बाँकी छ।
मुख्य पदमा को-को उम्मेदवार?
सिरहा नगरपालिका
प्रमुख : डा. नवीन यादव
उपप्रमुख : डा. नविता यादव
मिर्चैया नगरपालिका
प्रमुख : प्रदीप महासेठ
उपप्रमुख : शोभा साह
सुखीपुर नगपालिका
प्रमुख : रामअवतार यादव र
उपप्रमुख : रेणुदेवी साह
गोलबजार नगरपालिका
प्रमुख : श्याम श्रेष्ठ
उपप्रमुख :
कर्जन्हा नगपालिका
प्रमुख : रामदयाल महतो
उपप्रमुख : अञ्जु राई
धनगढीमाई नगरपालिका
प्रमुख : उत्तरबहादुर जर्घा / शिवशंकर महतो (आकांक्षी)
उपप्रमुख :
लहान नगरपालिका
प्रमुख : मुनि साह
उपप्रमुख : सरियार चौधरी
कल्याणपुर नगरपालिका
प्रमुख : रामपुकार साह
उपप्रमुख :
सखुवा नन्कारकट्टी गाउँपालिका
अध्यक्ष : केदार यादव
उपाध्यक्ष : अमला यादव
भगवानपुर गाउँपालिका
अध्यक्ष : उग्रनारायण यादव
उपाध्यक्ष : विन्दादेवी यादव
नवराजपुर गाउँपालिका
अध्यक्ष : सुरेन्द्र यादव
उपाध्यक्ष : सोनितादेवी यादव
बरियारपट्टी गाउँपालिका
अध्यक्ष : रामसोगारथ यादव
उपाध्यक्ष : देवशरणदेवी यादव
औरही गाउँपालिका
अध्यक्ष : सुवरण यादव
उपाध्यक्ष : आशादेवी यादव
लक्ष्मीपुर पतारी गाउँपालिका
अध्यक्ष : देवनारायण साह
उपाध्यक्ष : गीता चौधरी
नरहामा गाउँपालिका
अध्यक्ष : रामशरण यादव
उपाध्यक्ष : गुलावदेवी चौधरी
अर्नमा गाउँपालिका
अध्यक्ष : चन्देश्वर मण्डल
उपाध्यक्ष : रामकुमारी महतो
विष्णुपुर गाउँपालिका
अध्यक्ष : सत्यनारायण यादव
उपाध्यक्ष : ममताकुमारी सिंह
तपाईंको ईमेल गोप्य राखिनेछ ।