काठमाडौं : नेकपा माओवादी निकट युवा संगठन वाइसीएलको महाधिवेशनलाई लिएर पार्टीभित्रै खटपट सुरु भएको छ।
वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा पुष्प ओलीको ७५ जना पदाधिकारी चयन भएको छ। आंकाक्षी र युवाहरुबीच अन्तरविरोध भएपछि केन्द्रीय कमिटीको आकार बढाइएको हो। तर, ठूलो संख्याको भद्दा कमिटी गठन भएपछि माओवादीका नेताहरु बीच जुहारी चल्न थालेको छ।
संगठनमा उपाध्यक्षमा २२ जना, महासचिव र कोषाध्यक्ष १÷१ जना, उपमहासचिव १९ जना र सचिव ३१ जना चयन गरेको छ । पार्टीले निर्वाचन लड्न नदिएर खल्तीबाट नाम सुनाइएको भन्दै युवा नेताहरूसमेत नेतृत्वप्रति असन्तुष्ट व्यक्त गर्न थालेका छन्।
अर्काथरीले चुनावी प्रक्रियामा नजानु नै माओवादी भित्रको समस्या भएको कतिपयको टिप्पणी गरेका छन्। माओवादी केन्द्रीय सदस्य तथा उपमहासचिव जनार्दन शर्माका भाई अनिल शर्माले विधान पारित गरेको केहि घण्टा बित्न नपाउँदै सम्मेलनको सर्वोच्चतालाई हरण गर्ने र आफ्नो असक्षमतालाई ढाकछोप गर्ने प्रवृत्तिले वाइसीएललाई बन्धक बनाएरै छोडेको टिप्पणी गरेका थिए।
त्यसको जवाफ फर्काउँदै वाइसीएल इन्चार्ज तथा केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशिखा)ले जनार्दन पक्षको केही सीप नचलेपछि आसोपासेले गरेको प्रचार निन्दनीय भएको टिप्पणी गरेका छन्। उनँले जनार्दन शर्माले चुनाव लडेकै ठाउँमा उनीसँग प्रतिस्पर्धामा आउन आफू तयार रहेको समेत जवाफ दिएका छन्।
यता अखिल (क्रान्तिकारी)का उपमहासचिव निर्मला गौतमले जनार्दन शर्मासँग नभइ महेश बस्नेतसँग चुनाव लडेर संसदमा आउन आग्रह जवाफ फर्काएकी छन्। यस्तै अखिल (क्रान्तिकारी)का पूर्व सचिव खेम रनपहेलीले दीपशिखालाई पार्टी संगठनमा तपाई पारस हो? भन्दै प्रश्न गरेका छन्।
यसले माओवादीमा जनार्दन पक्षको शक्ति संघर्षलाई थप सतहमा ल्याएको छ। विद्यार्थी संगठनमा जनार्दन पक्ष हाबी हुँदा वाइसीयलमा प्रचण्डले सर्वसम्मतिमार्फत् आफू पक्षलाई हाबी
तपाईंको ईमेल गोप्य राखिनेछ ।