|

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काम नलाग्ने दर्जनौँ कानूनहरू खारेज गर्न आवश्यक रहेको बताएका छन्।

काँग्रेसको केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागले मङ्गलवार काठमाडौंमा आयोजना गरेको ‘आर्थिक वर्ष २०८२/८३ को बजेटले उपभोक्ता बजार आपूर्ति श्रृङ्खलामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताए।

उनले कांग्रेस र एमालेसँगै भएको बेलामा रोकिएर बसेका ९० को दशकमा गरिएका आर्थिक सुधारका काम कामहरूलाई अगाडी बढाउनुपर्ने बताए। 

उनले आर्थिक सुधारका कामहरूका विषयमा केही दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेको समेत जानकारी दिए।

महामन्त्री थापाले कानुनमा सुधार गर्ने कुराहरू अगाडि बढाएको बताउँदै दोस्रो चरणको काम केही दिनमा शुरु गर्ने जिकिर गरे।

उनले काम नलाग्ने दर्जनौँ नियम र कार्यविधिलाई खारेज गरी नयाँ कुराहरू थपेर संरचनालाई ठिक ठाउँमा लानुपर्नेमा जोड दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.