|

मुस्ताङ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घरपझोङ गाउँपालिका-४ भ्रप्सोमा पार्टीको कार्यालय भवनको शिलान्यास गरेका छन्। बौद्ध परम्पराअनुसार उनले बिहीबार पार्टी कार्यालय शिलान्यास गरे। त्यस ठाउँलाई पेरिस डाँडा नाम दिइएको छ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका  ‘इञ्चार्ज’ धीरेन्द्र विकका अनुसार ६ कोठाको भवन निर्माण गर्न  वारागुङ मुक्तिक्षेत्र-२ छ्ङ्गुरका ढच्युङ गुरुङले जग्गादान गरेका हुन्।

त्यस अवसरमा अध्यक्ष दाहालले पार्टी कार्यालय भवन निर्माणपछि सङ्गठन विस्तारका साथै मुस्ताङीको विकासका चाहनामा भरथेग गर्न सहज हुने विश्वास व्यक्त गरे। उनले जनतालाई केन्द्रमा राखेर काम गर्न पार्टीका स्थानीय नेता तथा कार्यकर्तालाई निर्देशन दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.