|

बागलुङ : साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङले चाडपर्वलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। दसैँ, तिहार तथा छठ पर्वका बेला नागरिकलाई सहुलियतमा सामान उपलब्ध गराउन मंगलबारदेखि पसल सञ्चालन गरेको हो। पसलबाट चिनी र नुन बजारभन्दा कम मूल्यमा बिक्री गरिन्छ।

सुपथ मूल्य पसलको शुभारम्भ प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले गरे। उनले साल्ट ट्रेडिङको कार्यालयमा पसलको सुरुआत गरेपछि चाडपर्वका बेला बजार अनुगमनलाई प्रभावकारी बनाउने बताए।

‘चाड पर्वमा स्वास्थ्यलाई असर गर्ने खालका सामग्रीको बिक्रीवितरण हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै अनुगमनलाई कडाई गर्छौं,’ थापाले भने, ‘उपभोग्य बस्तुमा अखाद्य चिजको मिसावट र मानेमानी मुल्य गर्ने प्रवित्तिलाई निरुत्साहित गर्नुपर्छ।’ उनले यसका लागि व्यवसायी तथा सर्वसाधारण नागरिक सबैबाट सहयोग आवश्यक रहने बताए। सुपथ मूल्य पसलबाट चिनी एक केजीको ७७.५० रुपैँया र नुन १८ रुपैयाँमा विक्रि गरिने साल्ट ट्रेडिङ बागलुङ कार्यालयका प्रमुख मनोज श्रेष्ठले जानकारी दिए।

एक जनाले ५ सय १९ रुपैँयामा ३ केजी नुन र ६ केजी चिनी लैजान पाउने व्यवस्था मिलाएको उनले बताए। तोकिएको भन्दा बढी लैजान नपाईने उनको भनाई छ। पसल कात्तिक २० गते सम्म सञ्चालन हुने छ। बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सुपथ मुल्य पसल खुल्ने श्रेष्ठले बताए। नुन गतबर्षको तुलनामा यो बर्ष नुनको मुल्य केजीमा २ रुपैयाँ बढी र चिनी एक रुपैयाँ ५० पैसा कम रहेको छ।

कार्यालय प्रमुख श्रेष्ठका अनुसार गत बर्ष चिनि ७९ रुपैँया र नुन १६ रुपैँयामा बिक्रि गरिएको थियो। साल्ट टे«डिङले अघिल्लो बर्ष ३२ हजार ५ सय केजी नुन र ७१ हजार ३ सय केजी चिनी बेचेको थियो। त्यसबाट ६१ लाख ५२ हजार ७ सय रुपैँयाको कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.