|

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले बिग्रेको आर्थिक अवस्थालाई सुधारको बाटोमा लैजाँदै गरेको बताएका छन्।

सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले विगत ११ महिनायताको देशको आर्थिक सूचकाङ्क राख्दै बिग्रेको आर्थिक अवस्थालाई सुधारको बाटोमा लैजाँदै गरेको बताए।

सरकारको खातामा तीन खर्ब ६० अर्ब मौज्दात, सोधनान्तर स्थिति ४३८ अर्ब ५२ करोड, आयात १३ प्रतिशत र निर्यात ७३ प्रतिशतले वृद्धि रहेको उनले सामाजिक सञ्जालमा उल्लेख गरे।

यस्तै रेमिट्यान्स एक महिनामै एक खर्ब ६५ अर्ब, रेमिट्यान्स १३ दशमलव २ प्रतिशतले वृद्धि, विदेशी मुद्रा विनिमयको सञ्चिती १८ अर्ब ४० करोड, राजस्व परिचालन ९२२ अर्ब ४३ करोड र मूल्य वृद्धिकर २ दशमलव ७७ प्रतिशत रहेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा उल्लेख गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.