पुरुष एकलको फाइनलमा अरहन्त केशर
पुरुष एकलको फाइनलमा अरहन्त केशर
काठमाडौँ : नेपालका नम्बर एक खेलाडी विपना ब्लोन र नम्बर दुई स्वस्थानी श्रेष्ठबीच १३औँ एनएसआरए राष्ट्रिय स्क्वास प्रतियोगताअन्तर्गत महिला एकलको उपाधि भिडन्त हुने भएको छ।
नेपाल स्क्वास र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताको सेमिफाइनलमा बागमती प्रदेशकी विपनाले गण्डकी प्रदेशकी समीक्षा श्रेष्ठलाई ११–०, ११–४ र ११–३ तथा स्वस्थानीले अस्मिता नगरकोटीलाई ११–३, ११–५ र ११–४ ले हराए।
यसअघि शुक्रबारै भएको क्वाटरफाइनलमा विपनाले डोल्मा लामालाई ११–४, ११–५, ११–१ स्वस्थानीले रनसा महर्जनलाई ११–५, ११–३ १२–१०, अस्मिता नगरकोटीले साक्षी सुनुवारलाई ११–५, ११–७ ११–६ र समीक्षाले नियुक्ति श्रेष्ठलाई ७–११, ६–११, ११–९, ११–५ र १३–११ ले हराएका थिए।
यसैगरी नेपालका नम्बर अरहन्त केशर सिंह पुरुष एकलको फाइनलमा पुगेका छन्। बागमतीको प्रतिनिधित्व गरेका अरहन्तले सेमिफाइनलमा नैनबहादुर मगरलाई सजिलै ११–२, ११–३, ११–४ ले हराए।
शुक्रबारै क्वार्टरफाइनलमा अरहन्तले हेलिस श्रेष्ठलाई ११–६, ११–५ र ११–५ तथा नैनबहादुरले जान जिसीलाई ११–४, ११–४ र ११–४ ले पराजित गरेका थिए। अरहन्तले फाइनलमा दीपक थापा अथवा पासाङ ब्लोनमध्ये एकविरुद्ध खेल्नेछन्।
क्वाटरफाइनलमा दीपकले आभन श्रेष्ठलाई ११–३, ११–४ र ११–७ तथा पासाङले सूर्यकुमार राईलाई ११–५ ११–९ र ११–८ ले निराश पारेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।