|

ललितपुर : गोदावरी नगरपालिकामा विश्व बैंकका प्रबन्ध निर्देशक एवं प्रमुख प्रशासकीय अधिकृत वनछाइ चाङले भ्रमण गरेका छन्।

चाङसँगै विश्व बैंकका अन्य उच्च अधिकारीहरु , श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करसहित नेपाल सरकारका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। 

विश्व बैंकको प्रमुख प्रशासकीय अधिकृत चाङसहितको टोली यूवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना (यति) अन्र्तगत संचालित कार्यक्रमहरुको प्रगति अवलोकन गर्न नेपाल आएको हो। 

यस्तै यति अन्र्तगत संचालित कार्यक्रमहरूका लाभग्राहीहरूसँग अन्र्तक्रिया गर्ने र आर्थिक वर्ष सन् २०२५–२०३१ का लागि तय गरिएको कन्ट्री पार्टनरसीप फ्रेमबर्क अन्र्तगत सहकार्य सुदृढ गर्नुपर्ने उद्देश्य टोलीको रहेको थियो। 

विश्व बैंक चाङसहितको टोलीले नेपाल सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रम र विश्व बैंककै सहयोगमा निर्माणाधीन गोदावरी देखि देवीचौरसम्मको पर्यटकीय पदमार्गको अवलोकन पनि गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.