|
फाइल तस्बिर

काठमाडौँ : सहकारीको रकम हिनामिना गरेको आरोपमा रास्वपा सभापति रवि लामिछानेविरुद्ध आज पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दर्ता भएको हो।

लामिछानेविरुद्ध सानो पाइला सहकारी ठगी प्रकरणमा ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो माग दाबी भएको छ। यो मुद्दामा लामिछानेसँगै छविलाल जोशी, प्रमोद भट्टराई र रामबहादुर खनाल थुनामा छन् भने अन्य २५ जना फरार छन्।

प्रहरीले अनुसन्धान सकेर करिब १ महिनाअघि सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको थियो। त्यसैका आधारमा सरकारी वकिलको कार्यालयले अध्ययनपछि लामिछानेसहित २९ जनाविरुद्ध जिल्ला अदालतमा १०१ पेजको पूरक अभियोगपत्र दर्ता गरेको हो।

लामिछाने हाल रूपन्देही कारागारमा जेल जीवन बिताइरहेका छन्। केही दिनअघि उनी कारागार सरुवा भई काठमाडौँ सारिने चर्चा थियो। विरामी भएर सरुवा हुने कैदीबन्दीका लागि डाक्टरले रिफर गरेर पठाउने व्यवस्था छ। कैदीबन्दी बसेको कारागारमा उपचारको राम्रो व्यवस्था नभएको अवस्थामा उपचारको व्यवस्था भएको कारागारमा सरुवा गर्ने चलन छ।

रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेर संसद्‌मा विरोध गरिरहेको छ। यसै समयमा पुनः मुद्दा दर्ता भएको हो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.